"हाम्रो नाच्ने गाउने बेला" बाल विवाह

जात र लिङ्गमा आधारित भेदभावको दोहोरो मारका कारण नेपालमा दलित, थारू र अन्य जनजाति समुदायका महिला र केटीहरू विशेषतः अप्ठ्यारो अवस्थामा छन्। जात, लिङ्ग र गरीबीका कारण हुने विविध किसिमका भेदभावहरूका कारण उनीहरू बलात्कार र यौन शोषण लगायतका शारीरिक दुर्व्यवहार र अन्य अपराधका शिकार हुनपुग्छन्, जसमा प्रायः सजाय पनि हुँदैन।

नेपालमा बालविवाहका कारणहरू जटील र आपसमा जेलिएका छन् तापनि गरीबीसित मिसिएको लैङ्गिक विभेद यसको प्रमुख कारण हो। छोरीहरूलाई बोझ मान्ने र विवाह गरिदिएर त्यो बोझ बिसाउने भन्ने चलन नै भेदभावपूर्ण सामाजिक मूल्य मान्यता हो। यसको कारण हो, छोरा सधैँ आफूसित रहन्छन् र बाबुआमालाई जीवनभर पाल्छन् तर छोरी अर्काको घर जाने जात हो र उसमाथि सासुससुरा र लोग्नेको "हक लाग्छ" भन्ने धारणा। यस चलनका कारण परिवारहरूबाट छोरा र छोरीको शिक्षादीक्षा र लालनपालका लागि लगानी गर्ने प्राथमिकतामा पनि प्रभाव पर्छ र छोरीले भन्दा छोराले बढी अवसर पाउँछन्।

Region / Country